Bhanu Gaire

Best Nepali sad status

फुल जस्तो फुलि हेर,
मेरो मनमा भुली हेर ।
कति माया गर्नेछु,
मेरो जीवनमा घुली हेर ।

सादा कागज हो जिन्दगी ,
जसलाइ कोर्न अनि भर्न पनि समय अनि भाग्यले साथ दिनुपर्छ

ठूलो पद मिल्नाले कुनै ठूलो हुदैन ,
ठूलो त्यही हो जसको मन ठूलो छ ।

ढुङ्गामा एउटा कमि छ यो कहिले पग्लिदैन,
तर एउटा खुबी छ यो कहिल्यै बदलिदैन..!

मैले तिमिलाइ मेरै हर पाइलामा साथ दिनु पर्छ भनेकै छैन, तिमिले चाह्याै भने म भन्दा कयाै टाढा जान सक्छाै।

मिठो बोलेर हसाउनेहरु पनि यही छन ।
झुठो बोलेर फसाउनेहरु पनि यही छन ।
दुख अनि पीडा बोकेर हिडने हरुको भिडमा ,
उनीहरुलाइ देखेर आखा रसाउनेहरु पनि यही छन ।

तिम्रो लागि कोरिएका
मेरा भावहरू….
तब “अर्थहिन” बनिदिन्छन्,
जब तिम्रो “नजर” पर्दैनन्।।

म पनि सारै भुलक्कड हुन थालेछु अरुको बारेमा सोच्दा सोच्दै म आफुले आफुलाइ भुलेको थाहा नै पाइन!!

भरोसा आफैसंग हुनुपर्दछ…
हेर्नुस त चरालाई पनि नक्सा थाहा छैन
तर पनि गन्तव्यमा पुग्ने गर्दछ ।

संसारलाई जित्नभन्दा आफ्नै मन जित्न गार्हो छ ।

मलाई मृत्युसंग डर लाग्दैन।
तर, मलाई मर्नको लागि हतार छैन।
किनकी मर्नु भन्दा अगाडी मलाई अझ धेरै काम गर्नु छ।

मनमनै मनपराउनुको 
मज्जा बेग्लै हुन्छ…..
उस्कै ख्यालमा हराउनुको 
लज्जा बेग्लै हुन्छ…..

हामीले भविष्यको अनुमान गर्न सक्दैनौं, तर भविष्यको निर्माण गर्न सक्छौं  !

धोका त मेरो नशिब मै रैछ, 
उसले त दियो दियो, 
अब जिन्दगीले पनि दिदैछ..!

बरु हार्न “मन्जुर” छु,
तर तिमीलाई जितेर गुमाउन….
“मलाई” स्वीकार्य छैन!!!

बारबार टुटेको विश्वासलाई
भरोसा कसरी दिलाउ….
“तिमी” बदलि सक्यौं भनेर!!!

आफ्ना भन्नेहरुले त यहाँ पलभर मै 
“साथ” र “हात” फेर्छन्,
तिमी त “पराई” को, कसरी “विश्वास” गरु
“धोका” हुँदैन भनेर!!!

सबैलाइ खुशी दिन त म सक्दिन ,
तर जतिले म बाट खुशीको आशा गरेका छन तिनीहरुको आखाबाट आशु नझरोस बस यतिभए जिन्दगी बाचेको अर्थ रहनेछ

कस्ले भन्छ?
भित्तामा झुण्डाएका
दिबङ्गत तस्बिरहरू 
सम्झना का लागि मात्र हुन ?
ती त केबल नियमित 
परेली भिजाउनका लागि मात्र हुन्

केहि छैन पहिले जस्तो…
न त तिमी 
न त म
न त समय
न त परिस्थिति

आफ्ना सपनाहरुलाई छोड्न नखोज ।
होइन भने, सपनाहरुले नै तिमीलाई छोड्न थाल्नेछन्…!

भने झैं सजिलो कहाँ रहेछ र,
विगतका यादहरु भुलेर बाँच्न…!!!

कसैले सोध्यो पैसा ठुलो कि माया;
मैले भनिदिए,
जस्लाइ जेको कमि छ उसलाई त्यही ठुलो..!

मेरो बोलिले अघाएको मान्छे “तिमी” 
अब हेर्दै जाउ न मेरो “मौनताले” रुने बनाइदिन्छु!!!

न मैले चाहे जस्तो जिन्दगी भयो
 न जिन्दगिले चाहे जस्तो म भए ।।

कुनै पनि चिज अाफ्नो 
पसिनाको कमाईले किन्नुहोस 
ईच्छाहरु अाफै घट्दै जानेछन्।।

संसारमा एउटा यस्तो मुटुपनि छ 
जुन मेरो लागि धड्किन्छ र त्यो मेरो 
आफ्नै मुटु हो..!

Next

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
Account
Cart
Search