अमेरिका — देश डीभीमय भएको छ । बजार, सडक र चोकका कुनाकुना डीभी चिठ्ठाको फाराम भर्ने सुचनासहितका सन्देशहरुले भरिएका छन् । अमेरिका आउने अरु बाटो नभएका र आउन इच्छुक व्यक्तिहरुको लागि यो सुवर्ण मौका हो ।
कानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका र ५० हजारको संख्या नपुगेका हरेक देशबाट जातीय बिबिधता ल्याउने उद्देश्यले चिट्ठाको माध्यमबाट कानुनी रुपमा अमेरिका ल्याउने कार्यक्रमलाई “डाइभर्सिटी भिसा प्रोग्राम” भनिन्छ, यसैको छोटकरी रुप डीभी हो र केहि वर्षदेखि इन्टरनेटको माध्यमबाट उक्त फाराम भर्नुपर्ने भएकोले चलन चल्तीको भाषामा “इडीभी” भनिन्छ।
गल्ली गल्लीमा खुलेका डीभी लोटरीको फाराम भर्ने कन्सल्टेन्सीहरूले चर्को शुल्क लिएर यस्तो फारम भर्ने र चिठ्ठा परेकाहरुलाई नक्कली कागजात बनाउने गरेकोले अमेरिकी दुताबासले आफ्नो आधिकारिक ट्वीटर पेज युएसएम्बेस्सी नेपालबाट एउटा सूचना नै जारी गरेको छ। उक्त सुचनामा भनिएको छ, “भिसा कन्सल्टेन्सीहरू जहिले पनि तपाईँबाट बढी पैसा असुल्न खोजिरहेका हुन्छन्, उनीहरूको लहैलहैमा नक्कली कागजात लिने काम नगर्नुहोस्। उनीहरूले दिएका प्रमाणपत्रहरू कुनै पनि कामका हुँदैनन्। यस्ता प्रमाणपत्रहरू पेश गर्नुभयो भने तपाईँ सधैँभरका लागि अमेरिका जानका लागि अयोग्य बन्नुहुनेछ।” डीभी लोटरी परेकाहरुले शैक्षिक प्रमाणपत्रहरु नक्कली पेश गर्ने क्रम बढेपछि दूतवासको यस्तो चेतावनी आएको हो। यस्तो सुचना आफैमा हाम्रो लागि लज्जा को बिषय हो। यो फाराम कुनै शुल्क बिना नै आफैले भर्न सकिन्छ यसको लागि कन्सल्टेन्सी धाएर अनावश्यक पैसा खर्च गर्नु मुर्खता मात्र हो।
यो चिट्ठा पर्दैमा अमेरिका आउने भिसा पाउने शतप्रतिशत ग्यारेन्टी हुँदैन। चिट्ठा परेपछि पनि करिब नौ महिनादेखि एक वर्षसम्मको समय लगाएर र बिभिन्न चरणका अनेकौं बाधा पार गरेपछि अन्तमा मात्र भिसा लाग्छ। केहि वर्ष पहिले चिट्ठा परेका व्यक्तिहरुले अत्याधिक खुशी हुँदै अब अमेरिका जाने हो भन्दै जागिर छोड्ने, घर जग्गा बेच्ने र नातागोता र आफन्तहरुलाई भोज खुवाउने गरेर पछि भिसा नलाग्दा हामीलाई जसरी भए पनि अमेरिका लग्नु पर्छ भनेर अमेरिकी दुताबास अगाडि धर्ना बसेका थिए। नेपाल डीभी पीडित संघको नाममा गरेको त्यो मुर्खतापूर्ण कार्यले उनीहरुको अमेरिका जाने सपना त पुरा भएन तर धर्नाकारीहरु र देशको भने राम्रैसँग इज्जत लिलाम भयो। त्यसको अर्को वर्ष अमेरिकी दुतावासले डीभी चिट्ठा पर्दैमा घर जग्गा बेच्ने, जागिर छोड्ने र भोज खुवाउने नगर्न अनुरोधसहितको सूचना प्रकाशित गरेको थियो, अब यस्तो सुचनाले हाम्रो देशको बारेमा कस्तो सन्देश देला त्यो बिद्वत पाठक वर्गले आफै सोच्नु हुनेछ भन्ने आशा गरेको छु।
डीभी परेर भिसा लागे पनि यस्तो भिसाले अमेरिका प्रबेश गर्न र त्यहाँ कानुनी रुपमा बसोबास र काम गर्ने सुबिधा दिने हो। नेपालमा कन्सल्टेन्सीहरूले भनेको जस्तो सरकारले नै घर, काम आदि सुबिधा दिने भन्ने कुरा शतप्रतिशत गलत हो। आफ्नो क्षमता र योग्यता जति छ त्यसै अनुसारको काम गरेर जिवीका चलाउनु पर्छ र त्यो काम पनि आफैले खोज्नु पर्छ, यसको साथै जसलाई डीभी पर्छ उसले अर्को नातेदारलाई पनि अमेरिका लग्न सक्छ भन्ने हल्ला पनि व्यर्थको हल्ला हो। डीभी परेको व्यक्तिसँग पहिलो पटक अमेरिका आउन सक्ने भनेको चिट्ठा पर्नेको श्रीमान् वा श्रीमती र २१ वर्ष नपुगेका अबिबाहित छोरा छोरी मात्र हो। त्यस्तै केहि कन्सल्टेन्सीहरूले हाम्रो सेटिङ्ग छ र हाम्रोमा फारम भर्दा चिठ्ठा पर्ने सम्भाबना रहन्छ भनेर पनि ठगिरहेका छन्, त्यो पनि सर्वथा ठगि नै हो।
चिट्ठा भनेकै पर्ने सम्भावना कम र नपर्ने सम्भावना बढी भएकोले हरेक वर्ष यस्तो फाराम भर्नेहरुले पनि मैले त भरेको छैन भनेर झुट बोल्दै आत्मद्रोह गरेको पाइन्छ, तर पंक्तिकारको बिचारमा यो कुनै लज्जाको बिषय होइन। बिश्वका धेरै देशलाई यस्तो सुबिधा छैन र अमेरिकी सरकारले दिएको यो सुबिधा प्रयोग गर्दा राम्रै हुन्छ। फाराम नै नभरेको मान्छेलाई चिट्ठा पर्ने कुरा नभएको कारणले अमेरिका आउने इच्छा भएकाहरुले मौकाको उपयोग गर्नु अनुचित होइन र हरेक वर्ष यस्तो फाराम भर्दा चिठ्ठा नपरेपछि मलाई अमेरिका आउने मन नै छैन भनेर भन्नु पनि बेकार हो, यदी इच्छा हुँदैमा मात्र कुनै नेपाली नागरिक अमेरिका आउन सक्थ्यो भने हालसम्म नेपाल खाली भइसक्थ्यो।
हामी नेपालीहरुलाई कानुनी रुपमा अमेरिका आएर बसोबास र काम गर्न पाउने सम्भवत सबैभन्दा सजिलो उपाय यही डीभी चिट्ठा हो। मन लाग्नेले भर्दा हुन्छ। तर नठगिउँ, अरुको बहकावमा नलागौं। भाग्यले साथ दिएमा इच्छा पुरा हुनसक्छ। यदी कसैलाई अमेरिका आउने इच्छा छैन भने कसैले पनि पाखुरा समातेर आउनै पर्छ भनेर जिद्दी नगर्ने भएकोले मलाई इच्छा छैन भनेर कराउनुको कुनै तुक छैन। डीभी चिट्ठाको फाराम भर्नु भएका र भर्ने योजना गर्नु भएकाहरु सबैलाई शुभकामनासहित अमेरिकामा स्वागत छ।
Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको…
मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम…
जिन्दगीमा यति धेरै पैसा कमाईयोस कि Like गर्नेलाई पाँच सय अनी Comment गर्नेलाई हजार दिन सकु 😂😘😋😂 प्राय " गाउँमा…
Bhanu gaire was born in Bs.2055/06/04 (1997/10/20) He was cared for and reared by his own family in his native place…
Handsome Nepali boy Biography of Bhanu Gaire Most Handsome Boy In Nepal . Handsome Boy Bhanu gaire was born in…
JOMSOM & MUKTINATH Jomsom is a great place to start trekking. The diverse landscape and culture found along this trekking route…